कांग्रेस महाधिवेशनः रुपन्देहीका ५ पालिकामा सर्वसम्मत नेतृत्त्व चयन

कांग्रेस महाधिवेशनः रुपन्देहीका ५ पालिकामा सर्वसम्मत नेतृत्त्व चयन

रुपन्देहीः नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत रुपन्देहीका ५ स्थानीय तहमा सर्वसम्मत नेतृत्त्व चयन भएकाे छ। नेपाली कांग्रेस जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेका अनुसार रुपन्देहीका १६ स्थानीय तह मध्ये गैडहवा गाउँपालिका, कोटहीमाई गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका मर्चवारी गाउँपालिका र ओमसतीया गाउँपालिकामा सर्वसम्मत नेतृत्त्व चयन भएको हो

मतदान अधिकृतहरूका अनुसार गैडहवा गाउँपालिकाको सभापतिमा सत्यनारायण पथिक, कोटहीमाई गाउँपालिकाको सभापतिमा अवधराम यादव, लुम्बिनी सांस्कृतिक नगरपालिकाको सभापतिमा मोह्मद सहित खाँ, मर्चवारी गाउँपालिकाको सभापतिमा जनार्दन यादव र ओमसतीया गाउँपालिकाको सभापतिमा भगवानप्रसाद चौधरीसहित सबै टीम निर्विरोध निर्वाचित भएका हुन्।

यता निर्वाचन भएका स्थानीय तहको पनि मत परिणाम आउन सुरु भएको छ। रोहिणी गाउँपालिकाको सभापतिमा तारकनाथ योगी निर्वाचित भएका छन्। ईकवल खाँलाई १६ मतले पराजित गर्दै योगी निर्वाचित भएका हुन्। त्यस्तै देवदहमा गुणाखर भुर्तेल विजयी भएका छन्। झबिन्द्र प्रसाद पाण्डेलाई ३ मतले पराजित गर्दै भुर्तेल विजयी भएका हुन्।

त्यस्तै बुटवल उपमहानगरपालिकाको एक सय मत गणना हुँदा खेलराज पाण्डेले ७६ मत र रीता केसिले २२ मत प्राप्त गरेकी छिन्।

तिलोत्तमामा एक सय मत गणना हुँदा नारायण न्यौपाने ४७ मत पाएका छन् भने हरिलाल पाण्डेले ४४ र हरि तिवारीले ७ मत प्राप्त गरेका छन्।

असोज ९, २०७८ शनिबार २०:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।