हलिउड अभिनेत्री रिचीकाे जन्मदिनः मैनबत्ती निभाउने क्रममा लाग्याे कपालमा आगाे
एजेन्सीः हलिउड अभिनेत्री, अमेरिकन टेलिभिजन पर्सनालिटी तथा फेशन डिजाइनर निकोल रिचीको कपालमा आगो लागेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। आफ्नाे ४०औँ जन्मदिन मनाइरहँदा उनको कपालमा आगो लागेको हो।
निकोल आफ्नो जन्मदिनको पार्टीमा केक काट्ने तरखरमा थिइन्। उनी मैनबत्ती निभाइरहेकी थिइन्। अकास्मात मैनबत्तीको आगोको लप्काले उनको कपाल भेट्टायो र आगो लाग्यो।
आगो लाग्ने बित्तिकै उनी डरले चिच्याउन थालिन्। नजिकका मानिसहरूले उनको कपालको आगो निभाएका थिए। केक काट्ने समयमा भिडियो खिचिरहेकाले कपालमा आगो लागेको भिडियो पनि क्यामरामा कैद हुनपुग्यो। त्यहि भिडियो निकोलले इन्स्टाग्राममा सेयर गरिन्।
क्यापसनमा उनले लेखेकी छन्, '४० वर्षसम्म आइपुग्दा जिन्दगी आगो भइरहेको छ।' इन्स्टाग्रामको त्यही आगो लागेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
असोज ८, २०७८ शुक्रबार १३:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।