तिनाउ नदीमा आठ वर्षका बालक मृत फेला

बुटवल : तिनाउ नदीमा ८ वर्षका बालक मृत फेला परेका छन्। रुपन्देहीको आर्दशनगरका सुजन सारूको शव बुटवल देविनगर स्थित तिनाउ नदीमा फेला परेको प्रहरी निरीक्षक पङ्कज चुँदालीले जानकारी दिए।
बिहीबार साँझ ४ बजेदेखि परिवारको सम्पर्कमा नरहेका ८ वर्षका सारूको शव तिनाउ नदीमा भेटिएको इलाका प्रहरी कार्यालयका निरीक्षक चुँदालीले जानकारी दिएका हुन्।
परिवारले बालक हराएको जानकारी बिहीबार नै प्रहरीलाई दिएका थिए। शुक्रबार बिहानै बुटवल ११ बुद्धनगरको पुलभन्दा मुनि तिनाउ नदीमा ढुङ्गामा अड्किरहेको अवस्थामा सुजनको शव फेला परेको चुँदालीले बताए।
‘लास फेला परेपछि उनकी आमाले सुजन नै भएको पुष्टि गरिन’ प्रहरी निरीक्षक चुँदालीले भने।
असोज ८, २०७८ शुक्रबार १२:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।