गायिका इन्दिराले गरिन् ‘इन्गेजमेन्ट’
काठमाडौँ : गायिका इन्दिरा जोशीले फेशन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन्। जोशी आफैले तस्बिर सहित आफू वैवाहिक सम्बन्धमा रहेको फेसबुकमार्फत सार्वजनिक गरेकी छन्।
उनले लेखेकी छन्,‘उसले भन्यो, मसँग बिहे गर्छौ? र मैले भने हुन्छ।’
बिहीबार साँझ सात बजेतिर क्याप्टेन विवेक खड्काले टिकटक मार्फत बधाई दिँदै बिहेको प्रस्ताव राखिरहेको भिडियो सार्वजनिक गरेका थिए।
दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेकी गायिका जोशीले हेलिकोप्टरमा खुम्बु पुगेर इन्गेजमेन्ट गरेकी हुन्। उनले केही समयअघि आफू प्रेममा रहेको खुलाए पनि प्रेमीको अनुहार सार्वजनिक गरेकी थिइनन्।
असोज ८, २०७८ शुक्रबार ११:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।