विनियाेजन विधेयक बहुमतले पारित, सरकारले अब खर्च गर्न पाउने

विनियाेजन विधेयक बहुमतले पारित, सरकारले अब खर्च गर्न पाउने

काठमाडाैंः राष्ट्रिय सभाबाट विनियाेजन विधेयक २०७८ पारित भएकाे छ। अर्थमन्त्री जनार्दन शर्माले आज राष्ट्रिय सभामा विधेयक पारित गरियाेस् भन्दै पेश गरेकाे प्रस्ताव बहुमतले पारित गरेकाे हाे। 

विनियाेजन विधेयक नै आर्थिक वर्ष ०७८/०७९ काे बजेट भएकाले सरकारले अब खर्च गर्न पाउने भएकाे छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेले उठेर विराेध जनाए पनि विराेधकै बीच विधेयक पारित गरिएकाे हाे। बैठकमा एमाले सांसद कोमल वलीले प्रतिनिधि सभाका सभामुखले नेकपा एमालेले कारबाही गरेका सांसदमाथि कारबाही नभएसम्म बैठक अगाडि बढ्न नसक्ने बताएसँगै एमालेका सांसदले उठेर विरोध जनाएका थिए।

राष्ट्रिय सभाले आजै विनियाेजन विधेयक पारित भएकाे सन्देशसहित प्रतिनिधि सभामा पठाउने छ भने प्रतिनिधि सभाले आजै विधेयक प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालय पठाउने बताइएकाे छ। 

अर्थमन्त्री शर्माले गत साउन २५ गते प्रतिनिधि सभामा अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न प्रतिस्थापन विधेयक प्रस्तुत गरेका थिए।राष्ट्रियसभाको अर्को बैठक असोज ८ गते बिहान ११ बस्नेछ।

असोज ७, २०७८ बिहीबार १४:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।