नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता

काठमाडाैंः एएफसी महिला एसियन कप-२०२२ छनोटका लागि उज्वेकिस्तान पुगेका नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्किएको छ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीले टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।
प्रतियोगितामा समूह ‘एफ’मा रहेको नेपाल समूह चरणबाट बाहिरिएको थियो। गत मङ्गलबार भएको खेलमा नेपाल हङकङसँग गोलरहित बराबरी गर्दै समूह चरणबाटै बाहिरिएको हो।
नेपालले छनोट चरणमा दुई खेल खेलेकामा पहिलो चरणमा फिलिपिन्ससँग २–१ गोल अन्तरले पराजित भएको थियो। दुई खेलमा नेपाले एक अङ्क मात्र जोडेकाले अङ्क तालिकाको अन्तिम स्थानमा पुगेको थियो।
असोज ७, २०७८ बिहीबार १४:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।