राजनीतिक नियुक्ति पाएका सबै राजदूत फिर्ता बाेलाउने मन्त्रिपरिषद्काे निर्णय

राजनीतिक नियुक्ति पाएका सबै राजदूत फिर्ता बाेलाउने मन्त्रिपरिषद्काे निर्णय

काठमाडाैंः आज बसेकाे मन्त्रिपरिषद्काे बैठकले राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बाेलाउने निर्णय गरेकाे छ। सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राजनीतिक नियुक्ति पाएका राजदूतलाई फिर्ता बाेलाउने निर्णय भएकाे बताएका हुन्।

यससँगै फिर्ता हुने राजदूतहरूमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य, चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डे, अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडा, बेलायतका लागि नेपाली राजदूत लाेकदर्शन रेग्मी, जापानका लागि नेपाली राजदूत प्रतिभा राणालगायतकाहरू रहेका छन्। 

यस्तै आजकाे मन्त्रिपरिषद्काे बैठकले सल्लीसल्लादेखि सिमिकोट जाेड्ने सडकखण्डको ७ कि.मि. र लैफुबद्री गाउँदेखि हुक्का खोला जाेड्ने १३.५ कि.मि सडकखण्डको ट्रयाक निर्माण कार्यको ठेक्का नेपाली सेनालाई दिने निर्णय गरेको छ।

असोज ५, २०७८ मंगलबार १८:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।