सासंद कारबाहीसम्बन्धी मुद्दामा फाइल झिकाउन सर्वाेच्चकाे आदेश
काठमाडाैंः नेकपा एमालेले कारबाही गरेका १४ सांसदकाे पद खारेजीसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले फाइल झिकाउने आदेश दिएको छ। सर्वाेच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र डा कुमार चुँडालको संयुक्त इजलासले आज अन्तरिम आदेश गर्ने वा नगर्ने भन्ने विषयमा छलफलका लागि दल त्यागसम्बन्धी निर्वाचन आयोगबाट गत भदौ ९ गते भएको निर्णयको सक्कल फाइल झिकाउने आदेश दिएको हो।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले कारबाही सिफारिस गरेका १४ सांसद, सभामुख, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुखलाई विपक्षी बनाएर दायर गरेको रिटमाथि आज सुनुवाइ भएको हो।
असोज ५, २०७८ मंगलबार १७:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।