बुटवल उपमहानगरमा पहिराे, दुई दर्जन घरमा क्षति (फाेटाेफिचर)

बुटवल उपमहानगरमा पहिराे, दुई दर्जन घरमा क्षति (फाेटाेफिचर)

रुपन्देहीः बुटवलमा फेरि चुरे पहिरो गएको छ। बुटवल उपमहानगरपालिकाको ज्योतिनगरमा साेमबार बिहान पहिरो गएको हो।

केही दिनयता परेकाे लगातारको वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्षतिग्रस्त भएकाे छ। स्थानीयले प्रभावित क्षेत्रमा सरकारले नहेरेको भन्दै आक्रोश पोख्दै आएका थिए।

आक्राेशित स्थानीयले आज साे क्षेत्रमा अवलाेकन गर्न पुगेका नगरप्रमुख शिवराज सुवेदीमाथि हातपात पनि गरेका थिए। 

तस्बिरहरूः

असोज ४, २०७८ सोमबार १३:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।