एमालेकाे अवराेधकै बीच 'विनियोजन विधेयक' पारित

एमालेकाे अवराेधकै बीच 'विनियोजन विधेयक' पारित

काठमाडाैंः प्रतिनिधि सभाको आजको बैठकले ‘विनियोजन विधेयक, २०७८’ लाई पारित गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभा बैठकमा ‘विनियोजन विधेयक, २०७८ पारित गरियोस्’ भनी गरेकाे प्रस्तावलाई बहुमतले पारित गरेकाे हो।

 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकै बीच विधेयक पारित गरिएको हाे। सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्ने बित्तिकै एमालेका सांसदले नाराबाजी गर्दै रोस्ट्रम घेराउ गरेका थिए।  

विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले पूर्ववर्ती सरकारले ल्याएको बजेटमा ३ प्रतिशत बजेट मात्रै हेरफेर गरिएको तथा राष्ट्रहित र जनआकाङ्क्षालाई प्राथमिकतामा राखेर बजेट व्यवस्था गरिएको बताए। 

गत भदौ २५ गते प्रतिनिधि सभामा अर्थमन्त्री शर्माले पूर्ववर्ती सरकारले ल्याएको अध्यादेश बजेटको प्रतिस्थापन विधेयक प्रस्तुत गरेका थिए। 

असोज ४, २०७८ सोमबार १२:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।