चाडबाडमा सुरक्षा योजना लागू गर्न निर्देशन, उपत्यकामा ५ हजार सुरक्षाकर्मी परिचालन
चाडपर्वका बेला मुख्यगरी आर्थिक गतिविधिसँगै झै–झगडा तथा आपराधिक क्रियाकलाप पनि बढ्नसक्ने भएकाले यस्ताे निर्देशन दिइएकाे हाे। यस्तै तीव्र गतिमा सवारी साधन चलाउने र बढी यात्रु चढाउँदा दुर्घटना हुनसक्ने खतरासमेतलाई मध्यनजर गरी सुरक्षा योजना बनाउन भनिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
चोरी, अपहरण, कालोबजारी, चन्दा आतङ्कजस्ता आपराधिक क्रियाकलाप हुने भएकाले त्यस्ता गतिविधि हुन नपाउने गरी सुरक्षा योजना निर्माण गरी लागू गरिने प्रवक्ता कुँवरले बताए। काठमाडौं उपत्यकाका तीन जिल्लामा भने शुक्रबारदेखि नै यो योजना लागू गरिएको छ।
उपत्यकामा पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरी योजना कार्यान्वयन गरिएको रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालयले जनाएको छ।
असोज २, २०७८ शनिबार १८:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।