एमालेको अवरोधका कारण लुम्बिनी प्रदेश सभा बैठक स्थगित

एमालेको अवरोधका कारण लुम्बिनी प्रदेश सभा बैठक स्थगित

एमालेले पार्टीकाे ह्वीप विपरीत सरकारलाई समर्थन गरेको भन्दै कारबाही गरेका सांसदद्वय अजयबहादुर शाही र विमला वलीलाई संसद सचिवालयले पदमुक्त नगर्दासम्म सदन चल्न नदिने अडान राख्दै बैठक अवरुद्ध गरेको हो। 

सभामुख पूर्ण बहादुर घर्तीले एक घण्टाका लागि बैठक स्थगित गरेका हुन्।

एमालेका सांसदहरूले प्रदेश सभा बैठकमा ‘अनुशासनहीन सांसदलाई कारबाही गर’, ‘संसद्को मर्यादा कायम गर’, ‘पक्षपात गर्न पाईँदैन’, ‘सदनमा निष्पक्षता कायम गर’ जस्ता नारा लगाएका थिए। 
 

भदौ ३१, २०७८ बिहीबार १४:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।