सीता भण्डारी प्रकरण: आत्महत्याका लागि बाध्य बनाएको आरोपमा श्रीमान् र आमाजू पक्राउ

सीता भण्डारी प्रकरण: आत्महत्याका लागि बाध्य बनाएको आरोपमा श्रीमान् र आमाजू पक्राउ

बुटवल : रुपन्देही तिलोत्तमाकी सिता भण्डारी पौडेललाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा परिवारका २ जना पक्राउ परेका छन्।

प्रहरीले आत्महत्या दुरुत्साहन मुद्रामा मृतक भण्डारीकी श्रीमान् टिका पौडेल र आमाजू नाता पर्ने विष्णु पौडेललाई पक्राउ गरेको हो।

भदौ २० गते मृत भेटिएकी २७ वर्षिया भण्डारीको पासो लगाएर मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ। तर माइती पक्षले भने आत्महत्या नभई हत्या भएको दाबी गर्दै आएका छन्।

मृतकको बुवा हरि भण्डारीले पैसा र पावरमा हत्यालाई आत्महत्याको रिपोर्ट बनाएको दाबी गरे। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुँवरले दुरुत्साहनको आरोप सहित जाहेरी परेपछि मृतकको श्रीमान् र आमा जुलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको बताए।

भदौ २० गते बिहान ४तः३० बजे जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका वडा नम्बर ५ बस्ने २७ वर्षिया सीता भण्डारी पौडेल आफ्नै घरको कोठामा मृत फेला परेकी थिइन्।

पोस्टमार्टम रिपोर्टका आधारमा आत्महत्या गरेको  प्रहरीले जवाफ दिए पनि मृतकका माइतीपक्षले आत्महत्या नभएर हत्या गरिएको आरोप लगाउँदै आएका छन्।
प्रहरीले सिताको परिवारका अन्य सदस्यलाई समेत सोधपुछ गर्दै गरेको र मृतकको श्रीमान् पौडेलले प्रयोग गरिरहेका मोबाइलको प्राविधिक परीक्षणका लागि प्रहरीको केन्द्रीय ल्याबमा पठाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले बताए।

सिताको मृत्युबारे निष्पक्ष छानबिनको माग गर्दै मृतकका आफन्तहरूले लगातार आन्दोलन गरिरहेका छन्।

भदौ २७, २०७८ आइतबार २२:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।