मुख्यमन्त्री शाक्यलाई समर्थन नरहेकाे एकीकृत समाजवादीद्वारा प्रदेश सभा सचिवालयलाई जानकारी

मुख्यमन्त्री शाक्यलाई समर्थन नरहेकाे एकीकृत समाजवादीद्वारा प्रदेश सभा सचिवालयलाई जानकारी

काठमाडाैंः नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई आफ्नाे समर्थन नरहेकाे बताएकाे छ। आज बसेकाे पार्टीकाे संसदीय दलकाे बैठकले मुख्यमन्त्री शाक्यलाई आफ्नाे दलकाे समर्थन नरहेकाे भन्दै प्रदेश सभा सचिवालयलाई जानकारी गराएकाे पार्टीका प्रदेश सभा सदस्य बसुन्धरा हुमागाईँले बताइन्।

“हामीले मुख्यमन्त्री कार्यालयलगायतलाई पनि आफ्नो दल अलग्गिएको र निर्वाचन आयोगले दललाई मान्यता दिएको जानकारी गराएका छौँ," उनले भनिन्। अब गठबन्धनसँग छलफल गरेर मुख्यमन्त्री शाक्यविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नेबारे छलफल गरिने उनले जानकारी दिइन्।

उनले भनिन्, “भोलि हाम्रो गठबन्धनको बैठक बस्छ र प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गर्ने सम्बन्धमा छलफल हुन्छ।” 

यस्तै एकीकृत समाजवादीले बागमती प्रदेशको संसदीय दलको नेतामा प्रदेश सभा सदस्य राजेन्द्रप्रसाद पाण्डे चयन गरेकाे छ। आज बसेको संसदीय दलको बैठकले संसदीय दलको नेतामा पार्टीका केन्द्रीय सदस्य पाण्डेलाई सर्वसम्मतरूपमा चयन गरेको हाे।

भदौ २७, २०७८ आइतबार २१:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।