दीपक मनाङेको १४ करोड कता हरायो !
कास्की : प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो अनि सम्पत्ति शुद्धीकरण विभागको संयुक्त अनुसन्धानमा राजीव गुरुङ उर्फ दीपक मनाङेको नाममा १४ करोड ७३ लाख ३१ हजार अवैध सम्पत्ति रहेको खुलेको थियो।
चार वर्ष लगाइएर उनीसहित आपराधिक पृष्ठभूमिका छ जनाको सम्पत्तिबारे भएको अनुसन्धानमा अकुत सम्पत्ति खुलेको तर स्रोत नखुलेको भन्दै २०७० जेठ ५ मा विशेष अदालतमा मुद्दा समेत दायर भयो।
अनुसन्धानमा मनाङेको परिवारको नाममा बाहेक उनकै नाममा गोसाईंकुण्ड क्रसर, ओम मल्टिपर्पोज, इच्छामाई र वेस्ट पोइन्ट रोडा-ढुङ्गामा ५० लाख बढी शेयर लगानी र मकवानपुरमा १४ कट्ठा जग्गा रहेको दाबी गरिएको थियो।
विशेषले उनलाई अवैध सम्पत्तिको मुद्दामा सफाइ दिएको थियो। यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।
८ वर्षपछि मनाङे अहिले गुन्डा नाइकेबाट गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री भइसकेका उनले अहिले आफूसँग केही नभएको दाबी गरेका छन्।
मन्त्री भएको तीन महिनामा सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था उनले पालना गरेका छैनन्। उनले सम्पत्ति विवरण नबुझाएको विषयमा जिज्ञासा राख्दा उनले आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दाबी गरे' मेरो नाममा केही छैन।'
मनाङले पहिलो श्रीमतीसँग छोडपत्र गरिरहेका छन्। कान्छी श्रीमती छिदेन डोल्मा लामासँग पनि उनको सम्बन्ध राम्रो छैन। उनले छोराका लागि फिल्म 'वन वे' बनाइदिएका थिए।
उनले पहिला व्यापार गर्दा केटाहरूलाई लगानी गरेको र त्यो पैसा फिर्ता नआएको दाबी गरे। कसलाई कति लगानी गरेको भन्ने भने खुलाएनन्।
उनले पत्रकार सम्मेलनमै पहिलो श्रीमतीलाई सम्पत्ति दिएको जानकारी दिए। उनले छोराहरूको नाममा सम्पत्ति रहेको पनि खुलाए। अनि आफ्नो केही जग्गामा मुद्दा मामिला भइरहेको बताए।
ब्युरो र सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा उनको श्रीमतीको नाममा काठमाडौँमा करिब तीन रोपनी जग्गा र घर तथा नुवाकोटमा ७७ रोपनी १३ आना जग्गा रहेको उल्लेख थियो। ठमेलमा ट्राभल्स एजेन्सीसँगै कवाड व्यापारमा समेत उनी संलग्न थिए।
मनाङले पहिलो श्रीमतीसँग छोडपत्र गरिरहेका छन्। कान्छी श्रीमती छिदेन डोल्मा लामासँग पनि उनको सम्बन्ध राम्रो छैन। उनले छोराका लागि फिल्म 'वन वे' बनाइदिएका थिए। उनी त्यसका प्रोड्युसर हुन्।
भदौ २७, २०७८ आइतबार १७:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।