मोटरसाइकलको कर बढ्यो, ५ सय सिसीमाथि सय प्रतिशत

मोटरसाइकलको कर बढ्यो, ५ सय सिसीमाथि सय प्रतिशत

काठमाडौँ : एमाले नेतृत्वको सरकारले ल्याएको बजेट अध्यादेश प्रतिस्थापन गर्न ल्याइएको विधेयकमार्फत सरकारले मोटरसाइकलको कर बढाएको बढाएको छ। सरकारले सडक निर्माण कर बढाउँदै कर लाग्ने मोटरसाइकलको सिसीको वर्गीकरण समेत बदलेको छ।

ओली नेतृत्वको सरकारले ल्याएको विधेयकमा १ सय ५५ सिसीको मोटरसाइकलबाट कर सुरु हुन्थ्यो। १ सय ५५ सिसीदेखि २ सय ५० सिसीसम्म ४० प्रतिशत अन्तःशुल्क थियो।

अब १ सय २५ सिसीका मोटरसाइकलमा ४० प्रतिशत कर लाग्नेछ। १ सय २५ देखि २ सय सिसीसम्म ५० प्रतिशत कर तोकिएको छ। २ सय सिसीदेखि २ सय ५० सिसीसम्मका मोटरसाइकलमा ६० प्रतिशत अन्तःशुल्क कर लाग्ने छ।

यस अगाडिको बजेटमा ५ सयदेखि ८ सय सिसीसम्मका मोटरसाइकलमा ८० प्रतिशत करको प्रबन्ध गरिएकोमा अब भने सत् प्रतिशत कर लाग्ने छ।

 

भदौ २५, २०७८ शुक्रबार २१:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।