दीर्घ राेगीलाई मासिक ५ हजार, आन्दाेलनमा ज्यान गुमाउनेका परिवारलाई ३ हजार दिइने

दीर्घ राेगीलाई मासिक ५ हजार, आन्दाेलनमा ज्यान गुमाउनेका परिवारलाई ३ हजार दिइने

मासिक ५ हजार भत्ता पाउने दीर्घ राेगीकाे सूचीमा मृगाैला प्रत्याराेपण गरेका, सबै किसिमका क्यान्सर राेगी र मेरुदण्ड पक्षघातका बिरामी रहेका छन्। उनीहरूलाई औषधी उपचार खर्च वापत भत्ता दिइने भएकाे हाे। 

यस्तै राजनीतिक परिवर्तनकाे आन्दाेलनमा बलिदान गर्ने परिवारका सदस्यलाई जीवनवृत्ति वापत मासिक ३ हजार दिइने भएकाे हाे। 

सरकारले आर्थिक वर्ष ०७८/०७९ काे लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेकाे छ। 

 

भदौ २५, २०७८ शुक्रबार १७:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।