नीना गुप्ता : विवाह नै नगरी बच्चा जन्माउने बलिउड अभिनेत्री

नीना गुप्ता : विवाह नै नगरी बच्चा जन्माउने बलिउड अभिनेत्री

एजेन्सी : बलिउड रजतपटकी एक संघर्षशील र सफल महिलाको नाम हो नीना गुप्ता। विवाह प्रथालाई मान्यता नदिई एक्लो अभिभावक बनेकी नीना गुप्ता बलिउड फिल्म उद्योगकी निर्माता, निर्देशक एवं सफल अभिनेत्री समेत हुन्।

लामो समयसम्म चलचित्र क्षेत्रमा संघर्ष गरेकी नीना जस्तोसुकै अप्ठ्यारो अवस्थामा पनि कहिल्यै विचलित भइनन्। उनलाई आफ्नो कार्यप्रति विश्वास थियो। त्यसैले निरन्तर यात्रा गरिरहिन्।

सन् १९८२ मा फिल्म ‘नजदिकियाँ’ करिअर सुरु गरेकी नीना त्यसपछि ‘दो यारों’, ‘मन्डी’ तथा ‘त्रिकाल’ जस्ता फिल्ममा जोडिएकी थिइन्।

बलिउड फिल्म ‘खलनायक’ को चर्चित गीत ‘चोली के पिछे क्या है’ मा आइटम डान्स गरेपछि उनको चर्चा एकाएक चुलिएको थियो।

फिल्मका साथै सानो पर्दामा पनि उत्तिकै सफल नीनाले निर्माण गरेको टेलिचलचित्र ‘लाजवन्ती’ र बजार सीताराम’ पहिलो गैरफिचर फिल्मका लागि सन् १९९३ मा पुरस्कार पाएका थिए।

फिल्म ‘गान्धी’, ‘मिर्जा गालिब’ जस्ता फिल्ममा काम गरेकी नीना गुप्ताले पछिल्लो समय गरेको फिल्म ‘द लास्ट कलर’ ओस्कर अवार्डका लागि छानिएको थियो।

१९९८ को कुरा हो, नीना गुप्ताले आफू विवाह नगरी बच्चाउने कुरा परिवारसमक्ष राखिन्। घरमा केही समय त खैलाबैला नै मच्चियो तर उनको निर्णयको अगाडि परिवारको केही लागेन।

वेस्ट इन्डिजका स्टार ब्याट्सम्यान विवियन रिचडर््ससँग सम्बन्ध राखेर नीनाले एक छोरीलाई जन्म दिइन्। छोरी मसाबा गुप्ता आज भारतकी प्रसिद्ध फेसन डिजाइनरमध्ये एक हुन्।

विवियन रिचर्ड्स एक वर्षमा एक पटक छोरी मसाबालाई भेट्छन्। एक अखबारलाई दिएको अन्तर्वार्तामा मसाबा गुप्ताले भनेकी छिन्, ‘म बाल्यकालमा आफ्नो बुबासँग वेस्ट इन्डिजमा बस्थें। त्यो समयमा बुबा क्रिकेटमा धेरै सक्रिय हुनुहुन्थ्यो।’

नीना र विवियन केही समय मात्र प्रेम सम्बन्धमा रहे।

धेरै वर्षसम्म नीनाले एक्लै जीवनको यात्रा गरिन् र १५ जुलाई २००८ मा दिल्लीमा बस्ने चार्टर्ड एकाउन्टेन्ट विवेक मेहरासँग बिहे गरिन्।

भदौ ९, २०७८ बुधबार ११:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।