बगलामुखीस्थित कुम्भेश्वर मन्दिरमा गजुर राखियो
काठमाडौँ : ललितपुरको बगलामुखीस्थित कुम्भेश्वर (सर्वेश्वर) मन्दिरमा गजुर राखिएको छ।
प्रधानमन्त्री शेर बहादुर देउवाले गत २०७२ सालको भूकम्पले क्षतिग्रस्त मन्दिर र गजुरमा पूजा गरेपछि गजुर राखिएको हो। पाँचतले उक्त मन्दिरको जीर्णोद्धार सम्पन्न भएपछि गजुर राखिएको हो।
२०७२ सालको भूकम्पले मन्दिरको तीन तला क्षतिग्रस्त भएको थियो। यसअघि नेपाली काग्रेसका सभापतिको हैसियतमा विसं २०७४ साल वैशाख ३० गते देउवाले नै मन्दिरको क्षमा पूजा गरेका थिए।
क्षमा पूजा गरी जीर्णोद्धार सुरु गरेको ४ वर्षपछि मन्दिरको पुनर्निर्माण पुरा भएको कुम्भेश्वर महादेवका पुजारी माधव श्याम शर्माले जानकारी दिए।
जीर्णोद्धार सम्पन्न भएपछि शुक्रबार शुभ साइतमा गजुर राखिएको उनले बताए। करिब २ करोड ८२ लाख रुपैयाँ लागतमा जीर्णोद्धार सम्पन्न भएको मन्दिर जीर्णोद्धार समितिले जनाएको छ।
भदौ ४, २०७८ शुक्रबार १४:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।