६४ विद्यालयका शिक्षकलाई ल्यापटप वितरण 

६४ विद्यालयका शिक्षकलाई ल्यापटप वितरण 

उपमेयर मोहनमाया ढकालले नगरक्षेत्रभित्रका ६४ वटा सामुदायिक विद्यालयलाई ल्यापटप वितरण गरिएको बताइन् । उनले कोरोनाले शिक्षा क्षेत्रमा पारेको प्रभावलाई न्यूनीकरण गर्दै वैकल्पिक माध्यमबाट भए पनि तत्काल पठनपाठनलाई निरन्तरता दिन शिक्षकलाई ल्यापटप वितरण गरिएको जानकारी दिइन।

‘पहिलो चरणमा नगरपालिका भित्र रहेका ६४ वटा सामुदायिक विद्यालयलाई प्रति विद्यालय १ वटाको दरले ल्यापटप वितरण गरेका छौँ,’ उनले भनिन्, ‘शिक्षालाई प्रविधिमैत्री बनाउँदै गुणस्तरीयता कायम राख्न आगामी दिनमा थप ल्यापटप वितरण कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएका छौँ।’ 

उनले सामुदायिक विद्यालयको पठन–पाठनलाई अहिलेको प्रविधिसँग जोड्दै कागजविहीन शिक्षा पद्धतिको विकासलाई टेवा पुर्याउनु नगरपालिकाको अर्को उद्देश्य समेत रहेको बताइन्। उनका अनुसार नगरपालिका क्षेत्रका सबै सामुदायिक विद्यालयहरूमा ‘एक शिक्षक एक ल्यापटप’ को नीति अघि बढाउँदै ‘पेपर लेस शिक्षा’ को अवधारणालाई अघि सारिएको छ।

भदौ ३, २०७८ बिहीबार ०७:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।