बजेट कार्यान्वयन गर्न मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

बजेट कार्यान्वयन गर्न मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन्।

चालु आर्थिक वर्षको बजेटको प्रभावकारी कार्यान्वयनकाका लागि मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका हुन्। 

प्रदेश सरकारको कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरिएको मुख्यमन्त्री शाहीले बताए। मुख्यमन्त्री शाहीले भने, ‘यसले बजेट प्रभावकारी कार्यान्वयनमा सघाउ पुग्नेछ।’

कार्य मूल्याङ्कन सम्झौताअनुसार मुख्यमन्त्रीले मन्त्रीहरूसँग, मन्त्रीहरूले सचिवसँग सचिवहरूले कार्यान्वयन इकाईसँग कार्य मूल्याङ्कन सम्झौता गर्ने मुख्यमन्त्री शाहीले जानकारी दिए। ‘कार्य मूल्याङ्कन सम्झौता सबै कार्यालयका प्रमुखहरूसँग हुनेछ’ उनले भने, ‘त्यही आधारमा सबैले विकास निर्माणका कामलाई तीव्रता दिनेछन्।’

कर्णाली प्रदेश सरकारले विकास निर्माणका कामलाई प्रभावकारी बनाउन गत वर्ष पनि कार्यसम्पादन सम्झौता गरिएको थियो।

साउन ३०, २०७८ शनिबार १०:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।