राजस्व छलेर ल्याइएकाे चार लाखको तेलसहित मिनीट्रक र चालक नियन्त्रणमा
सुर्खेत : राजस्व छली गरी ल्याइएकाे चार लाख रूपैयाँ बराबरको तेलसहित मिनीट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सुर्खेतको बबईस्थित अस्थायी प्रहरी पोस्ट, चेक प्वाइन्टको प्रहरी टोलीले राजस्व छलेर ल्याइएकाे ३ लाख ९६ हजार रूपैयाँ बराबरको तेल र रा १ क ३७ नम्बरको मिनीट्रकसहित चालक कञ्चनपुर, शुक्लाफाँटाका ३२ वर्षीय लोकबहादुर विकलाई नियन्त्रणमा लिएको हो।
उक्त सामान सुर्खेत–जाजरकाेट सडकखण्डबाट नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ। उक्त सामान दाङबाट जाजरकोटतर्फ लगिँदै गरेकाे जिल्ला प्रहरी कार्यालय, सुर्खेतले जानकारी दिएकाे छ।
बरामद गरिएको सामानसहित मिनीट्रक र चालकलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय, बाँकेमा पठाइएको प्रहरीले जानकारी दिएको छ।
साउन २१, २०७८ बिहीबार १८:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।