क्लिनरबाट कोकिन तस्कर : ज्याकेट चोर्दा भेटिएको कोकिनले नेपाली महिलालाई बनायो कारोबारी

क्लिनरबाट कोकिन तस्कर : ज्याकेट चोर्दा भेटिएको कोकिनले नेपाली महिलालाई बनायो कारोबारी

उनी थिए बोलिभियाएका रोर्बटो कार्लोस । बढार्दै जाँदा अन्जुको आँखा नौलो डिजाइनको ज्याकेटमा पुग्यो। त्यो ज्याकेट थियो कार्लोसको। कोठा सफा गर्दा कार्लोस थिएनन्। उनले ज्याकेट चोरिन्। घर लगेर ज्याकेटभित्र के छ भनेर खोज्दा पाउडर फेला पारिन् उनले। त्यो पाउडर के हो भेउ पाइनन् उनले।

ज्याकेट हराएपछि भागे कार्लोस 

बोलिभियाएका कार्लोस मङ्सिर २७ मा ब्राजिलबाट नेपालका लागी उडे। इथोपियाहुँदै आएका उनी मङ्सिर २८ मा भारतको नयाँ दिल्ली आइपुगे। त्यो दिन उनी दिल्ली नै बसे। 

मङ्सिर २९ मा उनी नेपाल आएर सिधै थ्रि ब्रदर अपार्टमेन्टमा गएका थिए। २९ गते ज्याकेट हराएपछि उनी अपार्टमेन्ट भागे। त्यहाँबाट उनी लाजिम्पाटमा रहेको लस्ट गार्डेन होटेलमा गए। त्यही थिए बेलारुसबाट आएका एक जोडी एलिना एल्डोस्भीना र पावेल भासिलएयु। उनीहरू प्रेमी प्रेमीका थिए। 

ती दुई जोडिलाई कोकीन जति बचेको छ त्यति दिए। त्यो  कार्लोसले दिएको कोकिन लुकाएर हङकङ जान त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल पुग्यो। त्यहीबाट ६ किलो कोकीन सहित उनीहरू पुस ३ गते पक्राउ परे। 

अनुसन्धानमा त्यो कोकीन कार्लोसले दिएको खुलिहाल्यो। पुस ५ गते लस्ट गार्डेन होटेलबाट कार्लोसअर्का बोलिभियन नागरिक राहुल जाम्ब्राना सहित पक्राउ परे।

यी चारै जनामाथि लागूऔषधको अवैध ओसार पसारमा मुद्दा चल्यो। चारै जना पुर्पक्षका लागि कारागार पुगे।

०००

फाट्टफुट्ट कोकिन फेला पर्ने गरे पनि कोकिनको लक्षित बजार हैन नेपाल। युरोपमा कोकिन भित्र्याउन कारोबारीहरूले नेपाललाई ट्रान्जिट बनाउने गरेका छन्। १० वर्ष अगाडिबाट नेपालमा कोकिन बरामद हुने गरेको हो।

यो बिचमा नेपालमा ५० किलो बढी कोकिन फेला परिसकेका छन्। कोकिन बोकेर आउने ४१ जना पक्राउ परिसकेका छन्। उनीहरू थाई, नामिबियन, पाकिस्तानी, साउथ अफ्रिकन, बोलेभियन, चीन, मलेसियन, ब्राजिल र बेलारुसका थिए।

उनीहरू प्राय ब्राजिलहुँदै हवाईमार्गबाट नेपाल आएर थाइल्यान्ड, हङकङ र भारत जान नेपाल आउने गरेको खुलेका थिए। तर नेपाली बजारमै कोकिन फेला परेको थिएन।

पछिल्लो समय भने नेपाली बजारमा समेत कोकिन बिक्री हुन थाल्यो। 

आफूले कोकीन भनेर नचिनेपछि छोरीको सहयोग

लागूऔषध अनुसन्धान ब्युरोका प्रमुख ह्दय थापाका अनुसार अँजुले ज्याकेटमा रहेको पदार्थ के हो भन्ने पत्ता लगाउन नसकेपछि सुरुमा पोखरामा रहेकी रक्की आले मगर र सुरज गुरुङसँग सम्पर्क गरिन्। 

उनीहरूले त्यो धुलो के हो भनेर पोखरामा पठाए। पोखरामा त्यो धुलो कोकिन भएको पत्ता लागेको अनुसन्धान खुले पनि उनीहरूले कसरी पत्ता लगाए भन्ने चैँ अझै नखुलेको एसएसपी थापाले बताए।

कोकीन हो भन्ने पक्का भएपछि रक्की मार्फत भारतीय नागरिक सन्दीप पट्टेलसँग सम्पर्क भयो। विक्रीको प्रक्रिया अघि बढ्दै गयो। पट्टेल मार्फत मच्छिन्द्र धमला र मिराज ढकालले कोकीन किने। उनीहरूले सुदन शाक्यलाई बेचे। सुदनले ग्राहकलाई बेचे। 

अँजुले आफूसँग भएको कोकीन अर्का ४ जनालाई पनि दिइन्। ती थिए एकराज गुरुङ, रेसम बहादुर राना, मन गुरुङ, मुकुन्द खड्का।

उनीहरूले नेपालकै बजारमा कोकीनको ग्राहक खोज्न थाले। नेपालको लागूऔषध बजारमा सेतो हेरोइनसम्मका ग्राहक फेला पर्ने गरे पनि कोकिनकै ग्राहक भने फेला परेका छैनन्। उच्च घरानाका केही व्यक्तिको नाम सेतो हेरोइनमा पोलिन्छ बेलाबखत तर पुष्टि गर्न सकेको छैन प्रहरीले।

ग्राहक खोजिरहेका चार जना साउन सात गते पक्राउ परे। उनीहरूसँग ५ सय ग्राम  कोकीन फेला पार्यो प्रहरीले। यी चार जना पक्राउ परेपछि सुरज गुरुङको नाम पोले। 

सुरजसँग ६ सय ८३ ग्राम कोकीन फेला प¥यो। सरोजले अन्जुको नाम खुलाए। उनीसँग सवा तिन सय ग्राम कोकीन फेला पर्यो। उनलाई प्रहरीले साउन १० गते पक्राउ गरेको थियो।

अन्जुको बयानपछि कोकिन बोकेर नेपाल आएका रोर्बटको ज्याकेटमा फेला परेको कोकिन नै नेपाली बजारमा घुमिरहेको खुल्यो। 

‘पहिले पहिले नेपाल ट्रान्जिट भएर विदेशमा कोकीन पुग्थे,’ लागू औषध नियन्त्रण ब्युरोका प्रमुख थापाले भने,‘नेपाली बजारमा कोकीनको स्वाद पूर्याउनेमा अन्जु पहिलो कारोबारी भइन्।’  

अन्जुले नेपाली बजारमा पठाएको कोकिनको लक्ष्य नेपाल थिएन। उनले २ किलो २ सय ग्राम कोकिन चोरेकी थिइन्। प्रहरीले बरामद गर्दा एक किलो पाँच सय १२ ग्राम मात्र फेला पार्यो। बाँकी ६ सय ८८ ग्राम कोकिन खपत भइसकेको थियो।

ब्राजिलबाट ल्याएको कोकीन हङकङ पुर्याउन नेपाल भित्रिएको कोकिन अन्जुको चोर बानीका कारण नेपाली बजारमा पुग्यो। एसएसपी थापाका अनुसार उनीहरुले प्रारम्भमा सस्तैमा कोकिन बेचेका थिए। तर यो महंगो भएको खुलेपछि प्रतिग्राम ३० हजारसम्ममा विक्री हुन थालेको थियो। उनीहरुले नेपालमा रहेका केही विदेशी नागरिक र केही नेपालीले समेत कोकिन किनेर खाएको खुलेको छ। कोकिनको उपभोक्ताबारे भने प्रहरीले  अनुसन्धानमै रहेको भन्दै खुलाएको छैन।

प्रहरीले उनीहरुको सातथबाट सात लाख ८८ हजार फेला पारेको छ। यदि सबै कोकिन बिक्री गर्न भ्याएको भए करिब पाँच करोड कमाउँथे उनीहरुले।

साउन १८, २०७८ सोमबार २०:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।