करीनाको दोस्रो सन्तानको तस्बिर 'लिक' भयो
एजेन्सी : भारतीय अभिनेत्री करीना कपुर खानको दोस्रो सन्तानको तस्बिर सार्वजनिक भएको छ। उनको दोस्रो सन्तान जेह अलि खानको तस्बिर सार्वजनिक भएको हो। पहिलो पटक सार्वजनिक भएको तस्बिरमा करीनाले जेहको निधारमा चुम्बन गरिरहेकी छिन् भने जेह मस्त निन्द्रामा छन्।
उनको यो तस्बिर करीना फ्यान पेजबाट सार्वजनिक भएको हो। अहिले यो तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। दोस्रो गर्भावस्थामा करीनाले लेखेको किताबका कारण उनी विवादमा आएकी थिइन्। उनले गर्भावस्थालाई लिएर प्रेग्नेन्सी बाइबल शीर्षक राखेर पुस्तक लेखेकी थिइन्। क्रिश्चियन धर्मावलम्वीहरुले शिर्षकमाथि आपत्ति जनाएका थिए।
करीनाले सन् २०२१ फेब्रुअरी २१ मा दोस्रो सन्तान जन्माएकी थिइन्। रत उनले दोस्रो सन्तानको तस्बिर भने सार्वजनिक गरेकी छैनन्।
साउन १४, २०७८ बिहीबार १९:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।