टोकियो ओलम्पिक : पदक तालिकामा जापानको अग्रता कायमै

टोकियो ओलम्पिक : पदक तालिकामा जापानको अग्रता कायमै

ओलम्पिक्सडटकमका अनुसार बुधबार राति ९ः०० बजेसम्म (नेपाली समय अनुसार) जापानले १३ स्वर्णसहित कुल २२ पदक जितेको छ। उसलाई चीनले पछ्याइरहेको छ। चीनले १२ स्वर्णसहित कुल २७ पदक जितेको छ। 

पदक तालिकाको तेस्रो स्थानमा संयुक्त राज्य अमेरिका छ। उसले ११ स्वर्णसहित कुल ३१ पदक जितेको छ। 

अहिलेसम्म ६३ देशले पदक जितेका छन्। तीमध्ये ३५ देशले मात्रै स्वर्ण पदक जित्न सफल भएका छन्। यस्तै, कास्य पदक मात्रै जित्ने देशको संख्या ११ छ। 

दक्षिण एसियाबाट भारतले मात्रै पदक जित्न सकेको छ। उसले अहिलेसम्म १ रजत पदक जितेको छ। 

ओलम्पिक गत शुक्रबार उद्घाटन भएको हो। यसको समापन अगस्ट ८ मा हुँदैछ।

साउन १३, २०७८ बुधबार २२:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।