पहिरोले थुनियो बूढीगंगा नदी, सतर्कता अपनाउन अछाम प्रशासनकाे आग्रह

पहिरोले थुनियो बूढीगंगा नदी, सतर्कता अपनाउन अछाम प्रशासनकाे आग्रह

गौमुल गाउँपालिकामा पहिरो जाँदा बूढीगंगा नदी थुनिएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय, अछामले अनुरोध गरेको छ।

पहिरोले थुनिएको नदी फुटे तल्लो तटीय क्षेत्रमा पानीको बहाव बढ्न सक्ने भन्दै नदी छेउछाउका बस्तीमा सतर्कता अपनाउन अछामका सहायक प्रमुख जिल्ला अधिकारी रञ्जनप्रसाद तिमिल्सैनाले आग्रह गरेका छन्।

प्रशासनले उक्त विषयमा विभिन्न निकायसँग नियमित समन्वय तथा प्रत्यक्ष सम्पर्क भइरहेको जनाएको छ।

साउन १३, २०७८ बुधबार १९:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।