देशभर थप ३८४० जनामा कोरोना संक्रमण, ३३ को मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पिसिआर विधिबाट २ हजार ६ सय ३४ र एन्टिजेन विधिबाट १ हजार २ सय ६ जनामा कोरोना पोजेटिभ देखिएको हो।
उक्त अवधिमा आरटी पिसिआर विधिबाट १० हजार ८ सय ८६ र एन्टिजेन विधिबाट ४ हजार ९ सय २२ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
हालसम्म देशभर आरटी पिसिआर विधिबाट ६ लाख ८८ हजार ३ सय ७ र एन्टिजेन विधिबाट ५८ हजार ३ सय ५० जनामा संक्रमण देखिएको छ।
कोरोना भाइरस संक्रमणका कारण देशभर थप ३३ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ७ सय ९१ पुगेको छ।
यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ९३ जना कोरोना संक्रमणमुक्त भएका छन्। यससँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ४९ हजार ७२ पुगेको मन्त्रालयले जनाएको छ।
देशभर कोरोना संक्रमण निको हुने दर ९४.३ प्रतिशत छ।
साउन १३, २०७८ बुधबार १७:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।