नेप्से परिसूचकमा आज पनि रेकर्ड, हालसम्मकै उच्च विन्दुमा
बुधबार २ करोड ८१ लाख ७० हजार १ सय ७२ कित्ता सेयर १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५ सय ३५ रूपैयाँमा कारोबार भएको छ।
आज १ सय २३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ८९ वटा कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै ६ वटा कम्पनीको सेयर मूल्य स्थिर छ।
यी हुन् बुधबार सर्वाधिक सेयर कारोबार भएका १० कम्पनी
आज सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा युनाइटेड मोदी हाइड्रोपावर छ। उक्त कम्पनीको ३८ करोड ५६ लाख ६९ हजार ७ सय ५० रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज सर्वाधिक सेयर कारोबार हुनेमा नेसनल हाइड्रो, अरूण भ्याली हाइड्रो, सानिमा माइ हाइड्रो, अपी पावर कम्पनी, नेपाल पुनर्बिमा कम्पनी, अरूण काबेली पावर कम्पनी, यूनिभर्सल, सिनर्जी पावर डेभलपमेन्ट र एनएलजी इन्स्योरेन्स कम्पनी छन्।
साउन १३, २०७८ बुधबार १७:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।