सुर्खेतबाट ६ जना फरार अभियुक्त पक्राउ

सुर्खेतबाट ६ जना फरार अभियुक्त पक्राउ

सुर्खेत : जिल्ला अदालत, सुर्खेतले दोषी ठहर गरिएका ६ जना फरार अभियुक्त पक्राउ परेका छन्।

जिल्ला अदालतले ठगी मुद्दामा ६ महिना कैद र ६ हजार जरिवाना तोकेका वीरेन्द्रनगर–५ का ५५ वर्षीय पूर्णबहादुर सार्की र दाङ घर भई हाल वीरेन्द्रनगर–११ बस्ने ५३ वर्षीय दामे दमाइ रहेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रवक्ता एवं डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए। 

यस्तै, लिखित बेइज्जती मुद्दामा तीन हजार जरिवाना तोकिएका वीरेन्द्रनगर–३ का ४५ वर्षीय जैशरा बोहरा, जालसाजीमा एक सय रूपैयाँ जरिवाना तोकिएका वीरेन्द्रनगर १० का २७ वर्षीय कुमार गुरुङ, सोही ठाउँका २६ वर्षीय सुमन गुरुङ र ५५ वर्षीय विष्णुमाया गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

विशेष सूचनाका आधारमा उनीहरूलाई आइतबार साँझ ५ बजे वीरेन्द्रनगर १० बाट पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराइसकिएको प्रवक्ता घर्तीको भनाइ छ।

साउन ११, २०७८ सोमबार १४:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।