बहुमत सदस्यले गरे उपेन्द्रको पक्षमा सनाखत

बहुमत सदस्यले गरे उपेन्द्रको पक्षमा सनाखत

निर्वाचन आयोगमा सनाखत गरेपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष यादवले आफ्नो समूहले जसपाको आधिकारिता पाउने बताए। 

उनले आत्मालोचना गरेर आए महन्थ ठाकुर पक्षका विषयमा सोच्न सकिने बताए। 

यादवले कारागारमा रहेका रेसम चौधरी पनि सनाखतका लागि आयोगमा आउने बताए। चौधरीलाई आयोगमा ल्याउने व्यवस्था मिलाइसकिएको यादवको भनाई छ। 

पार्टी एकताका सम्बन्धमा यादवले गेटमा ताला नलगाएको बताए। यादवले ५१ जना मध्ये ३४ जनाले आफ्नो पक्षमा सनाखत गरिसकेको बताए। महन्थ ठाकुर पक्ष बाटो बिराएर गलत ठाउँमा पुगेको बताए। 

प्रतिगमनकारी शक्तिलाई साथ दिएकोमा आत्मालोचना गर्नुपर्ने उनको भनाई छ। ‘हामीले घोक्र्याएर निकालेका हौँ र?’यादवले भने,‘बाटो बिराएर आफै प्रतिगमनलाई सहयोग गर्न जानु भएको हो।’

साउन ११, २०७८ सोमबार १२:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।