नेप्से ३ हजारमाथि पुग्दा कारोबार ११ अर्ब नाघ्यो
यस दिन ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता सेयर किनबेच भएको छ। आज ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६१६ रूपैयाँमा बराबर कारोबार भएको छ।
साताको कारोबारको दिन १ सय २२ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९२ वटा कम्पनीको सेयर मूल्य घटेको छ।
बिहीबार कारोबारमा आएका १३ समूहमध्ये हाइड्रोपावरको ०.८३ प्रतिशत, फाइनान्स १.५४ प्रतिशत, निर्जीवन बीमा ०.२७ प्रतिशत र म्युचुअल फण्ड ५.२७ प्रतिशतले बढेको छ।
यी हुन् सबैभन्दा कारोबार भएका कम्पनी
साताको अन्तिम दिन सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा एग्रिकल्चर डेभलपमेन्ट कम्पनी छ। उक्त कम्पनीको बिहीबार ४६ करोड २१ लाख, ४७ हजार २ सय ४० रूपैयाँको करोबार भएको छ।
यस्तै, एनआइसी एसिया बैंक, नेपाल बैंक, न्याग्दी ग्रुप पावर कम्पनी र सानिमा बैंकको सर्वाधिक सेयर कारोबार भएको छ।
यी हुन् सबैभन्दा धेरै कमाउने कम्पनी
आज सबैभन्दा धेरै कमाउने कम्पनीमा लक्ष्मी उन्नति कोष छ। यस्तै, न्याग्दी ग्रुप पावर कम्पनी, सिइडिबी हाइड्रो, माउन्टेन हाइड्रो नेपाल छन्। यी कम्पनीमा सर्किट लागेको थियो।
यस्तै आज सबैभन्दा धेरै कमाउनेमा पोखरा फाइनान्स, लक्ष्मी इक्विटी फन्ड, ग्लोबल आइएमई सम्मुनत स्किम–१ छन्।
७ साउन, २०७८, १८:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।