बजेट कार्यान्वयन प्रभावकारी बनाउन कर्णालीमा माओवादी केन्द्रले बनायो समिति
सुर्खेत : नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशमा विभिन्न संयोजन समिति बनाएको छ।
प्रदेश सरकारको बजेट कार्यान्वयन प्रभावकारी बनाउन, सरकारलाई रचनात्मक सुझावसहित खवरदारी गर्न विभिन्न संयोजन समिति बनाइएको माओवादी संसदीय दलका प्रमुख सचेतक ठम्मरबहादुर बिष्टले जानकारी दिए।
समिति निर्माण गरे पनि संयोजक र अन्य पदाधिकारी तोक्न बाँकी रहेको सचेतक बिष्टले बताए।
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभा संसदीय दलको कार्यालयले मंगलबार पत्रकार सम्मेलनमार्फत बजेट कार्यान्वयन प्रभावकारी बनाउन संयोजन समिति बनाएको जनाएको छ।
दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्टको हस्ताक्षरमा जारी विज्ञप्ति अनुसार दलमा प्रतिनिधित्व गर्ने सांसदको संयोजकत्वमा विकास निर्माणसँग सम्बन्धित विषयलगायत सरकारलाई सुझाव प्रदान गर्न विभिन्न संयोजन समिति गठन गरिएको उल्लेख छ। जसमा पूर्वाधार, मुख्यमन्त्री रोजगार, दलित, महिला, लक्षित वर्ग समुदाय, अल्पसंख्यक, लोपोन्मुख, सीमान्तकृत, विपन्न वर्ग समुदाय, राउटे समुदाय, बजेट अध्यावधिक, कोभिड–१९ महामारीलयायत छन्।
साउन ५, २०७८ मंगलबार १५:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।