मद्रास उच्च अदालतद्वारा साउथ इण्डियन अभिनेता विजयलाई १ लाख जरिवाना 

मद्रास उच्च अदालतद्वारा साउथ इण्डियन अभिनेता विजयलाई १ लाख जरिवाना 

सन् २०१२ मा कार किन्दा कर छलेको ठहर गर्दै अदालतले विजयलाई उक्त जरिवानाको फैसला सुनाएको हो। 

सन् २०१२ मा विजयले इंग्ल्याण्डबाट रोल्स रोयल घोस्ट कार मगाउँदा लाग्ने इन्ट्री ट्याक्स छुटका लागि माग गरेका थिए। साथै उनले सो समय उनले एक याचिका दायर गरेर कार झिकाउँदा लाग्ने इन्ट्री ट्याक्स छुटका लागि माग गरेका थिए।

अदालतले उक्त याचिका खारेज गर्दै कर नतिरेको आरोपमा विजयलाई एक लाख रूपैयाँ जरिवाना अदालतले तिराएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। 

अदालतले विजयको याचिका खारेज गर्दै भनेको छ, ‘हिरोका लाखौँ फ्यान छन्। फ्यान स्टारलाई असली हिरोको रूपमा हेर्छन्। तमिलनाडुमा फिल्म स्टार राज्य चलाउने भइसके। उनीबाट रिल हिरोको मात्र आस गरिएको छैन। ट्याक्सको चोरी असंवैधानिक हो।’

असार ३०, २०७८ बुधबार १४:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।