रजनीकान्तले राजनीतिबाट लिए संन्यास

रजनीकान्तले राजनीतिबाट लिए संन्यास

भास्कर दैनिकका अनुसार रजनीकान्तले आफ्ना पदाधिकारीसँग भविष्यमा राजनीतिमा नफर्किने भन्दै पार्टीबाट संन्यास लिएको बताएका हुन्। 

सात महिनाअघि नै अभिनेता रजनीकान्तले आफ्नो स्वास्थ्य समस्या ठिक नभएको भन्दै राजनीतिबाट अलग हुने भएका थिए। तर, निर्णय लिएका थिएनन्। 

अमेरिकाबाट स्वास्थ्य उपचार गराएर भारत आएलगत्तै उनले आफ्ना पदाधिकारीसँग छलफल गरेका थिए। 

रजनी फ्यान क्लब एसोसिएसनको नामबाट समाजसेवा गर्दै आएका रजनीकान्तले केही समयअघि राजनीतिबाट अलग रहेर नै समाजसेवामा लाग्ने बताएका थिए। त्यसै अनुरूप उनले राजनीति पार्टी परित्याग गरेको समाचारमा उल्लेख छ।
 

असार २८, २०७८ सोमबार २२:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।