कर्णालीका मुख्यमन्त्री र कांग्रेस संसदीय दलका नेतासहितको टोली नेपाल-चीनको सीमा क्षेत्र लोलुङजोङमा
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही सहितको टोली नेपाल-चीनको सीमा क्षेत्र अनुगमनमा गर्न हुम्लाको लोलुङजोङ पुगेको छ।
चीनसँगको सीमा नाम्खा गाउँपालिका–६, लाप्चा (लोलुङजोङ)को स्थलगत अनुगमनमा मुख्यमन्त्रीको टोली पुगेको हो।
पूर्व भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी हेलिकोप्टरबाट लोलुङजोङ पुगेको प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ।
गत असोजमा लोलुङजोङ क्षेत्रमा चीनले केही भवन बनाएपछि सीमा मिचिएको भन्दै विवाद भएको थियो।
प्रदेश सरकारको तर्फबाट सीमा नाकाको अध्ययन तथा अनुगमन लागि मुख्यमन्त्रीसहितको टोली शुक्रबार हुम्ला पुगेको हो।
टोलीले लाप्चा र हिल्सा सीमा क्षेत्रको पनि अनुगमन गरेर आज साँझ या भोलि बिहानसम्म फर्कने मुख्यमन्त्री कार्यालयले जनाएको छ।
असार २६, २०७८ शनिबार १७:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।