गोविन्दा र रविना फेरि एउटै स्क्रिनमा देखिँदै 

गोविन्दा र रविना फेरि एउटै स्क्रिनमा देखिँदै 

काठमाडौं : कुनै समय बलिउडमा हिट फिल्म दिने जाेडी गोविन्दा र रविना टन्डन फेरि एउटै स्क्रिनमा देखिने भएका छन्।

रविनाले आफ्नो अफिसियल इन्स्टाग्राम अकाउन्टबाट गोविन्दासँगको केही तस्बिर सेयर गर्दै नयाँ फिल्ममा काम गर्न लागेको बताएकी हुन्। तर, उनले फिल्मको नाम र छायांकनको मितिबारे केही खुलाएकी छैनन्। 

उनले गोविन्दासँग तस्बिर सेयर गर्दै लेखेकी छन्, ‘ग्रान्ड रियुनियन... हामी पुनः स्क्रिनमा सँगै देखिनेछौं, तर कहिले ? कहाँ र कसरी ? बस् चाँडै आउँदैछौं।’

उनको स्टाटसमा बधाईको ओइरो लागेको छ। बधाई दिनेमा बलिउड सेलिब्रेटीसमेत छन्। 

कुनै समय गोविन्दा–रविनाको जोडीले बलिउडमा धमाका मच्चाएको थियो। यो जोडीले ‘बडे मियाँ छोटे मियाँ’, ‘दुल्हे राजा’, ‘अँखियों से गोली मारे’, ‘राजा जी’, ‘आन्टी नम्बर वान’ जस्ता हिट फिल्म दिएका थिए।

दुवै एकसाथ फिल्म खेल्ने भएपछि उनीहरूका प्रशंसक उत्साहित भएका छन्।

असार २२, २०७८ मंगलबार १५:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।