कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान फ्याकेल्टी कल्याण समितिको अध्यक्षमा लिम्बु 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान फ्याकेल्टी कल्याण समितिको अध्यक्षमा लिम्बु 

सुर्खेत : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लाको फ्याकेल्टी कल्याण समितिको अध्यक्षमा डा. सूर्यमान लिम्बु निर्वाचित भएका छन्। 

पदाधिकारी सर्वसम्मत चयन हुन नसकेपछि निर्वाचनबाटै पदाधिकारी चयन गरिएको हो।

शनिबार भएको निर्वाचनमा डा. अनुस्मृति पाललाई पराजित गर्दै लिम्बु समितिको अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक सहप्रध्यापक डा. पुजनकुमार रोकायाले जानकारी दिए।

यस्तै, उपाध्यक्षमा प्रेमप्रसाद पन्त, महासचिवमा डा. कमलप्रसाद थानी, सहसचिवमा विवेक पुनमगर र सदस्यमा फार्मेसी शुष्मा काफ्ले निर्वाचित भएको उनले बताए।

डा. रोकायाका अनुसार निर्वाचनमा भाग लिने कुल ६७ मतदाता मध्ये ६४ मत खसेको थियो।

असार २०, २०७८ आइतबार १५:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।