लागुऔषध मुद्दाका फरार दोषी पक्राउ
सुर्खेत : सुर्खेतमा लागुऔषध मुद्दाका फरार दोषी पक्राउ परेका छन्।
लागुऔषध मुद्दामा जिल्ला अदालतबाट कैद सजाय तोकिएका वीरेन्द्रनगर नगरपालिका ४, भैरवस्थानका २० वर्षीय प्रनित गुरुङ आज पक्राउ परेका हुन्।
लागुऔषध (ब्राउन सुगर) मुद्दामा उनलाई जिल्ला अदालतले २०७७ पुस २० गते ५ महिना १५ दिन कैद सजाय तोकेको थियो।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको छ।
कोरोना पिसिआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएमा परीक्षणपश्चात् उनलाई सुर्खेत जिल्ला अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ।
असार १९, २०७८ शनिबार १८:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।