सुर्खेतमा अपराध : चार वर्षमा २ हजार ३ सयभन्दा बढी घटना, सामाजिक अपराध र आत्महत्याका धेरै
सुर्खेत : जिल्लामा पछिल्लो चार वर्षमा २ हजार ३ सयभन्दा बढी अपराधका घटना घटेका छन्।
आर्थिक वर्ष २०७४/०७५ देखि २०७७/०७८ को हालसम्म विभिन्न प्रकारका २ हजार ३ सय ३४ वटा अपराधका घटना घटेका हुन्।
जिल्ला प्रहरी कार्यालय, सुर्खेतले बिहीबार सार्जजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/०७५ मा जम्मा ४ सय ९६, आर्थिक वर्ष २०७५/०७६ मा ६ सय ९६, आर्थिक वर्ष २०७६/०७७ मा ६ सय ६२ र आर्थिक वर्ष २०७७/०७८ को हालसम्म ५ सय २० वटा विभिन्न प्रकारका अपराधिक घटना घटेका छन्, जसमा सबैभन्दा धेरै सामाजिक अपराध र आत्महत्या सम्बन्धिका घटना बढी छन्।
तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/०७५ देखि २०७७/०७८ को हालसम्म जिल्लाभर सामाजिक अपराधसम्बन्धी ५ सय २२ र आत्महत्याका ४ सय ३३ घटना घटेका छन्।
यस्तै, महिला तथा बालबालिकासम्बन्धी ४ सय १५, ज्यानसम्बन्धी ३ सय ५७, चोरीसम्बन्धी १ सय ११, सांगठिक तथा आर्थिक अपराधसम्बन्धी ३ सय १४, सवारीसम्बन्धी १ सय ३८ र अन्य ४३ घटना घटेकाे प्रहरीले जनाएकाे छ।
असार १७, २०७८ बिहीबार १६:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।