प्रदर्शनी मार्गमा विद्यार्थीको प्रदर्शन, राष्ट्रपति र प्रधानमन्त्रीको पुतला जल्यो
काठमाडौँ : संसद् विघटन गरी मध्यावधि गराउने राष्ट्रपति र प्रधानमन्त्रीको निर्णय विरुद्ध विपक्षी पाँच दल निकट विद्यार्थी सङ्गठनले पुतला जलाए। प्रदर्शनी मार्गमा उनीहरूले विरोध प्रदर्शन गर्दै पुतला जलाएका थिए। प्रदर्शनमा उनीहरूले राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध नाराबाजी गर्दै प्रधानमन्त्रीको राजीनामा मागेका थिए। प्रदर्शनकारीले कोरोना विरुद्धको खोपको माग समेत गरेका थिए।
असार १७, २०७८ बिहीबार १६:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।