राउटे युवतीलाई यौन दुर्व्यवहार गरेको अभियोग लागेका तीन जना पुर्पक्षका लागि थुनामा
जिल्ला अदालत, सुर्खेतका न्यायाधीश दिलप्रसाद सापकोटाको इजलासले यौन दुर्व्यवहारको अभियोग लागेका गुर्भाकोट नगरपालिका–९, बोटेचौरका चौमनबहादुर घर्ती, मिलन भनिने मनबहादुर पुन र भूपेन्द्र बुढामगरलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएपछि आज उनीहरूलाई कारागार चलान गरिएको हो।
उनीहरू गत जेठ २३ गते पक्राउ परेका थिए।
गत जेठ २१ गते राति मिलनले सञ्चालन गरेको बोटेचौरस्थित शुभकामना होटल तथा रेस्टुरेन्टमा उनीहरूले दुई जना राउटे युवतीलाई मदिरा खुवाएर यौन दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो। ती युवती गुर्भाकोट नगरपालिका–११ आँपसोतीस्थित भेरी नदीको किनारामा बस्दै आएका थिए।
उक्त घटनापछि सुर्खेत र दैलेखका विभिन्न स्थानमा बस्दै आएका राउटे समुदाय सल्यानको कालिमाटी गाउँपालिकामा बसाइँ सरेका छन्। उनीहरू यही असार ७ गते सल्यान बसाइँ सरेका हुन्।
असार १६, २०७८ बुधबार २०:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।