लोक सेवा आयोगका स्थगित परीक्षा : दसैंअघि सक्नेगरी कार्यतालिका सार्वजनिक (कार्यतालिकासहित)

लोक सेवा आयोगका स्थगित परीक्षा : दसैंअघि सक्नेगरी कार्यतालिका सार्वजनिक (कार्यतालिकासहित)

काठमाडौं : लोक सेवा आयोगले स्थगित भएका परीक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ।

आयोगले आर्थिक वर्ष २०७६/७७ मा तोकिएर स्थगित भएका र कोरोना भाइरस संक्रमणका कारण प्रभाावित भएका स्थगित परीक्षा सञ्चालन गर्ने भएको हो।

परीक्षाका कार्यक्रम सञ्चालनका लागि आयोगले आज कार्यतालिका सार्वजनिक गरेको छ। कार्यतालिकामा दसैंअघि परीक्षा सक्नेगरी समय व्यवस्थापन गरिएको छ। 

आयोगले कोरोना संक्रमणको समयमा ‘संक्रमणको विशेष अवस्थामा परीक्षा (संचालन र व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७७’ पालना गरी परीक्षा संचालन गर्ने भएको हो। 

आयोगका उपसचिव एकनारायण शर्माका अनुसार परीक्षा साउन १५ बाट सुरु हुनेछ। सूचनामा राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) र राजपत्र अनंकित द्वितीय श्रेणी (खरिदार) पदको परीक्षा तालिका सार्वजनिक भएका छन्।  

कोरोना महामारीका कारण प्रभावित बनेका परीक्षा कार्यक्रमबारे आयोगले चैत ११ गतेयता कुनै निर्णय लिन सकेको थिएन। चैत १० गतेबाट आयोग पदाधिकारीविहीन भएसँगै आयोगका परीक्षा सञ्चालन नतिजा प्रकाशन तथा अन्तर्वार्ता लगायतका कामकारबाही प्रभाावित बनेका थिए। 

गत असार १० मा आयोगले पदाधिकारी पाएसँगै नतिजा प्रकाशन, अन्तर्वार्ताको मिति तय र प्रभावित परीक्षा सुचारु हुन थालेका छन्। आयोगका अध्यक्ष माधव रेग्मीले पदबहालीसँगै सय दिने कार्ययोजना बनाएर प्रभावित परीक्षा सम्पन्न गर्ने योजना सार्वजनिक गरेका थिए।

 

असार १५, २०७८ मंगलबार २२:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।