कर्णालीमा आपूर्ति व्यवस्थापन केन्द्र स्थापना गर्न सामाजिक विकास समितिको निर्देशन

कर्णालीमा आपूर्ति व्यवस्थापन केन्द्र स्थापना गर्न सामाजिक विकास समितिको निर्देशन

सुर्खेत : कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिले प्रदेश सरकारलाई तत्काल प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र स्थापना गर्न निर्देशन दिएको छ।

समितिले सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्री लगायतका कर्मचारीलाई आज बैठकमा बोलाएर प्रदेश सरकारलाई एकद्वार नीतिबाट कर्णालीमा आवश्यक पर्ने सामग्री खरिदका लागि आपूर्ति व्यवस्थापन केन्द्र स्थापना गर्न निर्देशन दिएको हो।

शिक्षा, स्वास्थ्य र सीप विकासलाई एकै स्थानमा गाभेर मानव संशाधन केन्द्र बनाइएको र उक्त केन्द्रले जनशक्तिलाई तालिमको व्यवस्थापन गर्न नसकेको पाइएकोले प्रदेशस्तरमा तीनै क्षेत्रका लागि अलग–अलग तालिम केन्द्र स्थापना गर्नका लागि पनि निर्देशन दिइएको समितिकी सभापति देवी ओलीले जानकारी दिइन्।

साथै उनले वादी समुदायसँग गरिएको सम्झौता कार्यान्वयन गर्न पनि सरकारलाई निर्देशन दिइएको बताइन्। 

असार १५, २०७८ मंगलबार २०:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।