कांग्रेस महामन्त्री खड्काद्वारा सुर्खेतमा ५० लाखको स्वास्थ्य सामग्री सहयोग

कांग्रेस महामन्त्री खड्काद्वारा सुर्खेतमा ५० लाखको स्वास्थ्य सामग्री सहयोग

सुर्खेत : नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काको आर्थिक सहयोगमा सुर्खेतमा रहेका अस्पताल, स्वास्थ्य चौकीलाई करिव ५० लाख रूपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेका छन्।

उक्त स्वास्थ्य सामग्री प्रदेश अस्पताल, आयुर्वेद अस्पताल, मेहेलकुना अस्पताल, मैनतडा आयुर्वेद अस्पतालसहित जिल्लाका ४७ वटा स्वास्थ्य चौकी, तीन वटा प्राथमिक स्वास्थ्य केन्द्र, पाँच वटा नगरपालिका र चार वटा गाउँपालिकालाई स्वास्थ सामग्री दिइने बताइएको छ।

कोभिड-१९ का बिरामीको उपचारमा सहयोग पुगोस् भनेर महामन्त्री खड्कालगायत चौधरी ग्रुप र चिकित्सक संघले पनि सामग्री उपलब्ध गराएका छन्। 

शुक्रबार प्रदेश अस्पताल र प्रदेश आयुर्वेद अस्पतालमा ती सामग्री वितरण गरिएको छ। 

महामन्त्री खड्काको तर्फबाट उनका भाइ विष्णुबहादुर खड्का र बुहारी डा. सन्जु खड्काले प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्कालाई ती सामग्री हस्तान्तरण गरेका छन्।

महामन्त्री खड्काका भाइ विष्णुका अनुसार अक्सिजन सिलिण्डर ७५ थान, अक्सिजन कन्सन्ट्रेटर १४ थान, अक्सिजन फ्लोमिटर ४८ थान, सेनिटाइजर दुई सय जर्किन, पल्स अक्सिमिटर ८४ थान, पिपिई सेट १० थान र मास्क दुई लाखभन्दा बढी थान वितरण गरिने छ।

प्रदेश अस्पतालका निर्देशक डा. खड्काले स्वास्थ्य सामग्रीको सहयोगले कोभिड-१९ विरुद्ध लड्न सहज भएको बताए। 

असार ११, २०७८ शुक्रबार २०:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।