कर्णाली प्रदेशसभा बैठक आज पनि स्थगित
सुर्खेत : कर्णाली प्रदेशसभाको आज बसेको बैठक पनि स्थगित भएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारमा सहभागी एमालेका मन्त्री फिर्ता हुनुपर्ने र कर्णाली सरकार जनताका काममा भन्दा सुविधा भोगी भएको भन्दै विरोध जनाएपछि बैठक लगातार पाँचाैं पटक स्थगित भएको हो।
प्रदेशसभाको अर्को बैठक आगामी आइतबार दिउँसो २ बजेका लागि बोलाइएको छ। बैठकमा सत्तापक्षका दुई मन्त्रीसहित सात सांसद र एमालेका १२ सांसद उपस्थिति भएका थिए।
एमालेले सरकार हेलिकप्टर मोहजस्ता लोभलालचमा फसेकोले यी सबै कुरा त्यागेर जनमुखी काममा लाग्नुपर्ने बताएको छ।
एमालेकाे अवराेधका कारण असार १ गतेयता बैठक स्थगित हुँदै आएकाे छ।
असार ११, २०७८ शुक्रबार १६:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।