सरकारविरुद्ध विद्यार्थी सडकमा

सरकारविरुद्ध विद्यार्थी सडकमा

नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले आज दिउँसो काठमाडौंको भृकुटीमण्डपमा सरकारविरुद्ध संयुक्त प्रदर्शन गरेका हुन्।  

सरकारले जनतालाई राहत दिनुको साटो कुशासन कायम गरेको, महँगी बढाएको र भ्रष्टाचार गरेको भन्दै विद्यार्थी संगठन सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका हुन्। 

विपक्षी गठबन्धनको बुधबार बसेको बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध जनपरिचालन गर्ने निर्णय गरेको थियो।

असार १०, २०७८ बिहीबार १९:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।