सुर्खेतमा असार १७ सम्म थपियो निषेधाज्ञा
कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जिल्ला प्रशासनले वैशाख १४ गतेदेखि लागू गरेको निषेधाज्ञालाई निरन्तरता दिइएको सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए।
थप गरिएको निषेधाज्ञामा खाद्य सामग्री, निर्माण सामग्री, हार्डवेयर, इलेक्ट्रोनिक्स र भाडा पसलसंँगै पुस्तक, स्टेसनरी, कपडा तथा फेन्सी पसल र टेलरिङ सेन्टरहरू बिहान ६ बजेदेखि २ बजेसम्म खोल्न पाइने सहायक प्रमुख जिल्ला अधिकारी महतले बताए।
यसैगरी, बिमा, बैंक तथा वित्तीय सेवा तथा सरकारी कार्यालयहरूले पनि सेवा सुचारू गर्ने र मानिसको भिडभाड हुने सभा, सम्मेलन गोष्ठी, तालिम सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, खेलकुद आदि सञ्चालन गर्न लगाइएको रोक यथावत् रहेको प्रशासनले जनाएको छ।
असार १०, २०७८ बिहीबार १७:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।