इन्दिरा गान्धीको बायोपिकमा अभिनय गर्दै कंगना

इन्दिरा गान्धीको बायोपिकमा अभिनय गर्दै कंगना

एजेन्सी : बलिउड अभिनेत्री कंगना रनावतले इन्दिरा गान्धीको बायोपिकमा अभिनय गर्ने भएकी छन्। उनले आफू अहिले त्यसकै तयारीमा रहेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी छन्। 

इन्दिरा गान्धीको बायोेपिक चलचित्रलाई सई कविरले निर्देशन गर्दैछिन्। 

कंगनाले गान्धीको बायापिकमा काम गर्न आफू उत्साहित भएको र हरेक नयाँ भूमिका नयाँ यात्राको सुन्दर सुरुवात भएको बताएकी छन्। नयाँ यात्राका लागि उनले शरीर र अनुहारको स्क्यान गरिसकेको उल्लेख गरेकी छन्। 

‘कुनै पनि चर्चित व्यक्तिको बायोपिकमा काम गर्दा पर्दामा उसको चरित्र जीवन्त रूपमा उतार्न आवश्यक हुन्छ,’सामाजिक सञ्जालमा उनले लेखेकी छन्,‘त्यसका लागि निकै मेहनत गर्नुपर्ने हुन्छ।’

कंगनाले अभिनय गरेको जयललिताको बायोपिक चलचित्र प्रदर्शनको तयारीमा रहेको छ। अप्रिल महिनामा रिलिजको तयारी गरिएको चलचित्र कोरोनाको दोस्रो लहरका कारण प्रदर्शन मिति रोकिएको छ। 

हरेक कुरामा प्याच्च बोल्ने बानीका कारण चर्चा र विवादमा आइरहने कंगनाको एकपछि अर्को फिल्म हातमा रहेका छन्। इन्दिरा गान्धीको बायोपिकमा काम गरिसकेपछि कंगनाले चलचित्र ‘धाकड’ र ‘तेजस’को छायाङ्कनमा व्यस्त रहने बताएकी छन्। 

असार १०, २०७८ बिहीबार ११:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।