कृषि रसायनको असर : विष बन्दै भोजन

कृषि रसायनको असर : विष बन्दै भोजन

काठमाडौं : कृषि रसायनले माटो, पानी, हावा तथा सम्पूर्ण पर्यावरणलाई प्रदूषित गरेको छ। यसको सबैभन्दा गम्भीर प्रभाव मानव स्वास्थ्यमा परेको छ। यी विषालु रसायन फलफूल, तरकारी, अन्न, दाल, मसला, खाने तेल, दूध, तथा मासु पानीसँगै शरीरमा प्रवेश गरी हाम्रो स्वास्थ्यलाई नोक्सान पुर्याउँछन्।

सामान्यतयाः रासायनिक मल एवं किटनाशक प्रयोग गर्नाले उत्पादन बढाउन सकिन्छ र उत्पादन बढ्नाले किसानको नाफा पनि बढ्छ भन्ने विश्वास गरिन्छ। सरकारले पनि किसानलाई वैज्ञानिक तरिकाले खेती गर्न सल्लाह दिन्छ। तर यो वैज्ञानिक खेतीको अर्थ मात्र रासायनिक मल र किटनाशकहरूको प्रयोगसम्म सीमित रहनुपर्छ।

अमेरिकामा गरिएको अनुसन्धानबाट ज्ञात हुन्छ कि, जब किटनाशक रसायनहरूलाई बोट–बिरुवा, तरकारी तथा फलफूलमा छर्किइन्छ, त्यति बेला यी रसायनहरूको ०.१ प्रतिशत मात्रा मात्रै सही लक्ष्यसम्म प्रभावित हुन्छन्। शेष ९९ प्रतिशत रसायनले पर्यावरणलाई प्रदूषित गराउन सहयोग गर्छन्। 

देशमा खेतीपातीको लागि प्रतिवर्ष २.५ लाख टन पेस्टिसाइडको प्रयोग हुने गरेको अनुमान छ। यस प्रकार हरेक वर्ष १० करोड रुपैयाँ खेतीपातीमा उपयोग हुने पेस्टिसाइडको लागि खर्च हुन्छ। आज जोखिम मात्र रासायनिक उर्वरक र किटनाशकको बढ्दो प्रयोगबाट हैन, बरु खाद्य पदार्थहरूमा जसरी मिसमासको धन्दा फलिफूलिरहेको छ, यसले मानवीय स्वास्थ्यको लागि गम्भीर चुनौती बनेको छ।

तरकारीहरूमा विषालु रसायनहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ। एक आकलन अनुसार वर्तमानमा नै हामी दैनिक ०.५ मिली ग्राम विष लिइराखेका छौँ। परबल रंग्याइएको छ। तरकारीको आकार चाँडै ठुलो पार्न त्यसमा अक्सिटक्सिनको इन्जेक्सन लगाइन्छ।

यसको प्रयोग लहरे तरकारी लौका, फर्सी, काँक्रो, घिरौँलामा सबैभन्दा बढी प्रयोग गरिन्छ। जसले गर्दा तरकारीको लम्बाइ, चौडाइ चाँडै बढ्छ र किसानले बढी मुनाफा कमाउँछ। नत्र तरकारी बजारमा हेर्दा चिटिक्क खाइलाग्दा फर्सी, लौका किन देखिन्थिए होला र।

बासी तरकारीहरूलाई मैलाथियानको झोलमा १० मिनेटसम्म डुबाएर राखिन्छ, जसले गर्दा २४ घण्टासम्म ताजा रहोस्। यसको प्रयोग भिण्डी, काउली, खुर्सानी, पर्वल, लौका, बन्दा, गोभीमा गरिन्छ। रासायनिक मल र किटनाशकको प्रयोगले अन्न तरकारीहरू दूध र पानी जुन मानिसको जीवनका मुख्य आधार हुन्, विषाक्त बन्दै गइराखेका छन्। यस कारण मानवीय जीवन बिस्तारै जोखिममा पर्दैछ।

आजभोलि हृदयाघात, मधुमेह, रक्तचाप एवं अन्य कयौँ प्रकारका बिमारी बढ्दै गइराखेका छन्। यसको एउटा ठुलो कारण के हो भने, आज हामी जे खान्छौँ, त्यसमा रासायनिक तत्त्व यति धेरै छ कि हाम्रो भोजन विष बनिसकेको छ।

गहुँ बालीमा रासायनिक उर्वरकहरूको प्रयोग बढ्नाले रोटीमा मनी उर्वरकहरूको अवशेष बढ्दो छ। यस कारण कृषि रसायन शरीरमा रगतसँगै बगिराखेको छ। यसको प्रमाण पन्जाबको भटिन्डा र मुक्तसर जिल्लाहरू हुन्। त्यहाँका ग्रामीण क्षेत्रका मानिसको रगत परीक्षण विश्लेषण गर्दा १३ किसिमको किटनाशक पाइएको प्राज्ञिक अभिलेख पाइन्छ।

हाम्रो आफ्नो परिवेशमा कृषि सामग्री संस्थानले म्याद सकिएका किटनाशकहरू अमलेखगन्जमा लामो समय भण्डारण गरेको र त्यस भेगका जनसमुदायमा रगत परीक्षण विश्लेषण गर्दा किटनाशकहरूको अवशेष भेटिएको प्राज्ञिक अभिलेख भेटिन्छ।

विश्व बैङ्कद्वारा गरिएको अध्ययन अनुसार विश्वमा २५ लाख मानिस प्रतिवर्ष किटनाशकहरूको दुष्प्रभावको सिकार हुने गर्छन्। तीमध्ये करिब ५ लाख मानिसले मृत्युवरण गर्छन्। लामो समयसम्म यस्तो गहुँको प्रयोगले हृदयाघात, कलेजो सम्बन्धी बिमारी हुनसक्छ। साथै पक्षघात पनि सघन रूपमा बढ्दै गएको छ।

उखु लगाइएको क्षेत्रका बालीहरूमा ७ वर्षकै उमेरमा महिनावारी सुरु हुने समस्या पनि देखिएको छ। कुखुराको अन्डाको बोक्रा पातलो हुने हुँदा सजिलै टुटफुट हुने देखिएको छ। डिडिटीले गर्दा यौनजन्य परिवर्तनका लक्षणहरू देखिन थाल्छन्। अर्थात् यी रसायनले हाम्रो अनुवांशिकताको बाहक क्रोमोजोम्समा अवस्थित जिनहरूको संरचनामा अवाञ्छित परिवर्तन गराउनमा सक्षम हुन्छन्।

रासायनिक उर्वरक किटनाशक, ढुसीनाशक, झारपात नासी रसायनहरूको उपयोगको दौरान सम्पर्कमा आउनाले ती किसानको आँखा, नाक, छाला र वीर्यमा पुगेर त्यसको पिएच कम गरेर त्यसलाई अम्लीय बनाउँछ तथा प्रतिएमएल वीर्यमा शुक्राणुहरूको सङ्ख्या ७.५ करोडबाट घटेर ४.४ करोड रहन जान्छ। क्षतिग्रस्त शुक्राणुको सङ्ख्या पनि बढेर जान्छ। यी सब कुराले तिनको प्रजनन क्षमतामाथि नराम्रो प्रभाव पर्छ।

कृषि रसायनहरूको भरपुर प्रयोग गर्ने फार्ममा तथा त्यसको नजिक बसोबास गर्ने केटाकेटीहरूको बौद्धिक स्तर फार्मभन्दा टाढा बसोबास गर्ने केटाकेटीभन्दा धेरै तल हुन्छ। वृद्धहरूमा बिर्सने रोग अल्जाइमरको सम्बन्ध पनि कृषि रसायनसँग जोडिएको पाइएको छ। अर्थात् यी रसायन मानिसको मानसिक क्षमतालाई कम गरिराखेका छन्।

हामीले आफ्नो सुरक्षा आफैँ गर्नुपर्ने हुन्छ। हाम्रो खेतबारीमा जैविक विविधता हुनुपर्छ अर्थात् मात्र एक किसिमको बाली नलगाएर खेतबारीमा एकै समयमा धेरै किसिमका बालीनाली लगाउनुपर्छ। जैव विविधता अर्थात् मिश्रित खेतीले माटोको उत्पादनकर्ता बढाउन र किरा–फट्याङ्ग्रा नियन्त्रण गर्न दुवैमा सहायक सिद्ध हुने गर्छन्। जहाँसम्म सम्भव हुनसक्छ, हर खेतमा दलहन, कपास, धान, गहुँ जस्ता बालीहरू मिलाएर लगाउनुपर्छ।

दलहन बालीले नाइट्रोजनको आपूर्तिमा सहायक हुन्छन्। एउटा बाली पनि एकै प्रजातिको नभई भिन्नभिन्न प्रजातिको लगाउनुपर्छ। बालीनाली चक्रमा बेलाबेलामा परिवर्तन गर्नुपर्छ। एकै किसिमको बाली पटकपटक लगाउँदा माटोबाट केही तत्त्व क्षय हुन्छ एवं केही विशेष किरा–फट्याङ्ग्रा र झारपात उम्रिने मौका पाउँछ।

किटनाशकको प्रयोग गरेर हामी बोट–बिरुवा नष्ट गर्ने किरा–फट्याङ्ग्राका साथी ती किरा–फट्याङ्ग्रा पनि नष्ट गरेका हुन्छौँ, जसले हानिकारक किरा–फट्याङ्ग्रा खान्छन्। यस प्रकार हामी समस्याका साथ साथै समाधानलाई पनि उन्मुलन गरी राखेका हुन्छौँ र किरा–फट्याङ्ग्रामा ती किटनाशक प्रतिप्रतिरोधक क्षमता उत्पन्न भइरहेको थियो। यस बाहेक लाखौँ रुपैयाँ किटनाशकको लागि व्यय भइरहेको थियो, जुन किसानलाई लाभको रूपमा प्राप्त हुनसक्छ।

हामी बिहानदेखि बेलुकासम्मको भोजनमा जे पनि ग्रहण गर्छौँ, त्यसको महत्त्व हाम्रो अस्तित्वसँग जोडिएको छ। हैरान किसान अब रासायनिक मल तथा किटनाशकको चक्रब्युहबाट निस्कन चाहन्छन्, ताकी भूमिलाई फेरि पनि उर्वरक बनाउन सकियोस्। जबसम्म हामी प्राकृतिक संसाधनहरूको अविवेकपूर्ण दोहनमा बिराम लगाउँदैनौ, पर्यावरण संरक्षण तथा सम्वद्र्धनको कुरा निरर्थक हुनेछ।

हामीले किसानलाई हरसम्भव सहायता दिनुपर्छ। जसबाट कि तिनले आफूलाई महँगो कृषि पद्धति तथा किटनाशकको चक्रबाट मुक्त गरेर सतत् पोषणीय तथा स्वास्थ्य कृषिमा संलग्न हुन सकुन्। धर्तीमा यति क्षमता छ कि त्यसले सबैको आवश्यकतालाई पूरा गर्नसक्छ। तर कुनै कसैको लालचलाई पूरा गर्नमा भने सक्षम छैन।

कोभिड-१९ महामारीमा प्रतिजैविक सहनशीलताको चिन्ता

(डा. कार्की वरिष्ठ पशु चिकित्सक हुन्।) 

असार १०, २०७८ बिहीबार १०:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।