अनलाइन नेपाली रमाइलो जोक्सको फाइनल जुलाईमा हुने
झापाका मनिष आचार्य, काठमाडौँका सुलव भट्टराई, लुम्बिनीका निश्चल अर्याल र ललितपुरका महेश खनालले फाइनलमा प्रतिस्पर्धा गर्ने निर्देशक कमल राईले जानकारी दिए। रिदम स्क्रिनका निर्देशक राईका अनुसार यो साता काठमाडौँका सुलव भट्टराई उत्कृष्ट प्रस्तुति दिँदै वेस्ट पर्फमर अफ द विक बन्न सफल भए।
जुलाईमा फाइनल हुने प्रतियोगिताका निर्णायकहरूमा बुद्धि तामाङ (हैट), अमेरिकामा रहेका अभिनेता भानु तिवारी र सिक्किममा रहेका दिलीप गुरुङ छन्।
यसैबिच रिदम स्क्रिनले अनलाइन नेपाली रमाइलो जोक्स प्रतियोगिताको भिडियो लाइक शेयर कमेन्ट गर्ने दर्शक मध्ये प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद पुरस्कार उपलब्ध गराउने बताएको छ। प्रथम हुनेलाई ३ लाख, द्वितीय हुनेलाई २ लाख र तृतीय हुनेलाई १ लाख नगद उपलब्ध गराइनेछ।
त्यस्तै चौथो हुनेलाई पनि सान्त्वना स्वरूप ५० हजार उपलब्ध गराइने निर्देशक राईले बताए।
असार ९, २०७८ बुधबार १२:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।